प्युठान पहिरो अपडेट-तीन शव निकालियो, तीनजना अझै बेपत्ता: पाल्पामा बाढी र पहिरोमा परी तीनजनाको ज्यान गयो

प्युठान पहिरो अपडेट-तीन शव निकालियो, तीनजना अझै बेपत्ता: पाल्पामा बाढी र पहिरोमा परी तीनजनाको ज्यान गयो

  • शनिबार, अशोज २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २२ असोज ।
प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् ।

प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्नेल काम गरेको हो ।

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए ।

उता, अविरल वर्षा पछि आएको बाढी पहिरोमा परी पाल्पामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
पूर्वी पाल्पाको निस्दी गाउँपालिका १ अर्मलामा बसोबास गर्दै आएका ३५ वर्षी टकबहादुर बराई मगरको निस्दी १ सार्खर्दी खोलाले बगाउँदा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिका १ बाट निस्दीको अर्मला जाँदै गर्दा खोला तर्ने क्रममा सार्खदी खोलाले बगाउँदा उनी शुक्रबार बेपत्ता भएका थिए । उनको शव आज बिहान खोलाको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी रिव्दीकोट गाउँपालिका ५ नयाँटोलाबाट ४ रानीठाटी जाने क्रममा बिहीबार ५ वर्षीय बालिका प्रिन्स पचभैयालाई मन्द्रिखोलाले बगाउँदा मृत्यु भएको छ । सँगै रहेका ३४ वर्षीया कविता पचभैया र ३२ वर्षीया मिना रानालाई खोलाले बगाउँदै गर्दा स्थानीयले उद्धार गरेका थिए । मृतक बालिका कविता पचभैयाकी छोरी हुन् । खोलाले बगाउँदा घाइते भएकी रानाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसैगरी निस्दी गाउँपालिका ३ झिरवासका २३ वर्षीय विरेन्द्र सोमै बुधबार दसैंको दिन स्थानीय काफलखोलामा मृत अवस्थामा भेटिएका छन् । सोही गाउँपालिका वडा नं. ५ ढुङ्गानावेशी पाखरी खोलाको किनारामा एक व्यक्ति मृत अवस्थामा भेटिएको उनको शव पहिचान नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भारी वर्षाका कारण तिनाउँ गाउँपालिका ६ मस्याम चिदिसमा निरबहादुर सारुको घर पहिरोले पुरिदा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षीया अरुषी सारु घाइते भएका छन् ।

सबै प्रहरी चौकी र स्थानीयवासीबाट बाढी पहिरोको क्षति संकलनको काम भइरहेको सम्पूर्ण क्षतिको विवरण आउन अझै केहि दिन लाग्ने जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए ।

बाढी र पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन तम्घास राजमार्गमा खसेको पहिरो हटाई यातायात सञ्‍चालन गरेपनि ग्रामिण क्षेत्रमा खसेको पहिरो स्थानीय पालिकाले नहटाउँदा सवारी साधन चल्न नसकेको यतायात व्यवसायीले बताएका छन् ।

गाउँघरमा दसैं मनाउन पुगेको यात्रुहरु सडक अवरुद्ध हुँदा गाउँमै अलपत्र परेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ