गुडिरहेको स्कुटरमाथि पहिरो खसेर पुर्यो, २ जना घाइतेः सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प

गुडिरहेको स्कुटरमाथि पहिरो खसेर पुर्यो, २ जना घाइतेः सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प

  • शुक्रबार, अशोज २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

२१ असोज, सुर्खेत । सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खसेको छ । स्कुटरमा सवार दुई जना घाईते छन् । घाइते हुनेमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

शुक्रबार दिउँसो कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटरमा वीरेन्द्रनगरदेखि छिन्चुतर्फ जाँदै उनीहरुलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

घाइते दुबै जनाको हाल वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाउँको र पाखुरामा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको डीएसपी कार्कीले जानकारी दिए ।

स्कुटर पहिरोमा पुरिएको छ र अहिले सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ