पाल्पा, २० असोज । अविरल वर्षाका कारण पाल्पाको रिब्दीकोट गाउँपालिका २, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको छ ।
पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पा गुल्मी सडकअन्तर्गत खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रेम कार्कीले जानकारी दिए ।
जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडै खसेको भन्ने जानकारी आएको द्ध उनले भने ।
सडक डिभिजनको डोजर तानसेन रिडी सडककै सम्मोबारीमा रहेको छ । सडक डिभिजनसँग समन्वय गरेर डोजर पठाउन लागिएको र सडक खुल्न कम्तीमा दुई घण्टा लाग्ने उनले बताए ।
पहिरोको अवस्था बुझ्न हार्थोक र अर्गली प्रहरी चौकीमा खबर भइसकेको उनले बताए ।
सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारी साधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।