बबईमा जलस्तर खतराको चिह्न भन्दा माथि पुग्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

बबईमा जलस्तर खतराको चिह्न भन्दा माथि पुग्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

बर्दिया, १९ असोज । लगातारको अविरल वर्षाले बबई नदीमा जलस्तर खतराको चिह्न भन्दा माथि पुगेको छ । मंगलबार रातिदेखि परेको वर्षाका कारण बबई नदीमा जलस्तर ६ दशमलव १० मिटरमाथि पुगेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीमा खतराको चिह्नमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए। त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन समेत निर्देशन दिईएको छ ।

मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजकता अपनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेकोहो । तटीय क्षेत्रका पालिकास्थित वडाध्यक्षसँग सम्पर्क राखि सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बाँस्तोलाले बताए ।

०७१/०७४ साल साउनको अन्तिम साता आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएकोले यसपाला यस्तो अवस्था नआउन स्थानीय प्रशासनले आग्रह गरेको हो । ०७१/०७४ सालमा आएको बाढीले ४० जनाको मृत्यु भएको थियो । त्यस समय जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको थियो । बाढी र कटान सबैभन्दा बढी जोखिम गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा र राजापुर नगरपालिका जोखिममा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ