बिरगंज १९ असोज । प्रत्येक बर्ष झै यसबर्ष पनि वीरगन्जमा भव्य रुपमा रावण दहन गरिएको छ । विजयादशमीको उपलक्ष्यमा दशमीका दिन रावण दहन गरिन्छ । दशहरालाई विजयादशमी पनि भन्ने गरिन्छ । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा विजयादशमी धुमधामका साथ पनि मनाईने गरिन्छ । विजयादशमीको उपलक्ष्यमा वीरगन्जमा करिब ३० फिट अग्लो रावण दहन गरिएको हो ।
हजारौं स्थानियको सहभागितामा वीरगन्ज १६ वाईपास स्थित माँ वैष्णो मन्दिर अगाडी करिब ३० फिट अग्लो बनाईएको रावणलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वरिष्ठ उद्योगपति एवं समाजसेवी अशोक बैद्य, साहिब दरबारका पीठाधिपति श्री देवेन्द्र सिंह, नेकपा एमाले नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार शम्भु गुप्ता, वीरगन्ज १६ का वडा अध्यक्ष पर्शुराम चौरसिया लगायतकाले विधिपूर्वक रावणलाई आगो लगाई दहन गरेका हुन् ।
रावण दहन कार्यक्रमलाई उत्साहपूर्वक सम्पन्न बनाउँन विभिन्न सांस्कृति कार्यक्रमको समेत आयोजन गरिएको थियो । सांस्कृति कार्यक्रम मार्फत विभिन्न धार्मिक गित संगित बजाएर स्थानियमा हिन्दुधर्म प्रति जोस जागर उत्पन्न गराउँने काम गरिएको थियो ।












