यो वर्षको नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार

यो वर्षको नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

भक्तपुर, १९ असाेज । प्रत्येक वर्ष दसैंमा हुँंदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) यो पटक २१ र २२ असोज (शुक्रबार र शनिबार) दुई दिन हुने भएको छ । जनता म्वासा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने नाराका साथ फरक फरक वर्षमा भक्तपुर नगरका फरक फरक खुल्ला स्थानमा बृहत रुपमा हुँंदै आएको सम्मेलनको ४२औं  श्रृंखला यो वर्ष भक्तपुर नगरपालिका वडा नं १ भार्वाचो भक्तपुरमा हुने भएको हो ।

४२औं  नेपालभाषा साहित्य तःमुज्या (सम्मेलन) का आयोजक समितिका संयोजक एवं भक्तपुर नगरपालिका-१ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले पहिलो दिनको सभापति शिक्षक ज्ञानसागर प्रजापति र दोश्रो दिनको सभापति भक्तपुर सूर्यविनायक नगरपालिकाकी चानुमति खुलीमुली रहने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रहने जनाइएको छ ।

कार्यक्रममा नयाँं पुराना साहित्यकारले विभिन्न भाषामा आफना रचना वाचन गर्ने कार्यक्रम राखिएको छ । कथा, कविता, निवन्धलगायतका विधाहरुमा प्रतियोगी तथा अप्रतियोगी रचना दुवै दिन वाचन गरिनेछ ।

दुवै दिन दिनभरदिनभर हुने सम्मेलनको क्रममा रातको समयमा भने प्रतियोगी नाटक, ख्याल (प्रहसन) हरु देखाइने छन् । दुवै दिन विशिष्ट क्षेत्रका विशिष्ट व्यक्तिबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ । राजनिज्ञ, साहित्यकार, पत्रकार, वकिल, जलश्रोतविज्ञ, कानुनविद्लगायतबाट मन्तव्यको कार्यक्रम पनि राखिएको छ । साथै, बीचबीचमा नृत्य पनि देखाइने छ ।

प्रतियोगिताको क्रममा उत्कृष्ट साहित्यकार, कलाकार तथा लेखकलाई पछि छुटै कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम राखिएको छ । नेपालभाषाको साहित्य क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष दसैमा यो कार्यक्रम चल्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी