ओलीले झापाबाट सिधै शीतल निवास पुगेर लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका

ओलीले झापाबाट सिधै शीतल निवास पुगेर लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् ।

केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली आज दिउँसो मात्र काठमाडौं आएका थिए । उनी पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए ।
त्यसअघि गृहजिल्ला झापमा रहेका ओलीले दमकस्थित आफ्नै निवासमा दसैंको टीका ग्रहण गरेका थिए।

झापाको दमकस्थित आफ्नै निवासमा रहेका ओलीले विजया दशमीको दिन बुधबार बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दसैंको टीका लगाएका हुन् । उनले पत्नी राधिका शाक्यलाई पनि बडा दसैंको टीका लगाइदिएका थिए ।

सोहीक्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाएका थिए । टीका लगाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक दमकस्थित ओली निवास पुगेका थिए । ओलीले उनीहरूलाई टीका र प्रसाद प्रदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ