राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने, पूर्वराजाले भने नलगाईदिने

राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने, पूर्वराजाले भने नलगाईदिने

  • बुधबार, अशोज १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

१९ आश्विन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनेभएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ । यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।

इच्छुक विशिष्ट व्यक्तिहरू उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसद्का सांसदहरू, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिहरूलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ देखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले भने यो वर्ष पनि सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ । बढिरहेको डेंगुलाई कारण देखाउँदै उहाँले टीका नलगाउन स्थगित गर्नुभएको हो ।

सर्वसाधारणलाई टीका लगाउने राजतन्त्रको चलन सिको गर्दा राष्ट्रपति कार्यालय विवादमा तानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ