बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड,उपचारमा लापहरबाही भएको आफन्तको आरोप

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड,उपचारमा लापहरबाही भएको आफन्तको आरोप

  • मङ्लबार, अशोज १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

१८ असोज, चितवन । चिकित्सकले उपचारमा लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं। १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो ।

सोमवार बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका आफन्तले चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग समेत गरेका छन् ।

मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।

अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले भने बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र बचाउने धेरै प्रयास गरेपनि ‘सेप्टिक सक’ भई मृत्यु भएको बताए ।

देवकोटाका अनुसार बिहान रगतमा संक्रमण फैलिसकेको अवस्थामा आएका कुँवरलाई दिउँसो १२.१५ बजे आईसीयूमा राखेर उपचार गरिएकोमा साँझ सवा ५ बजे मृत्यु भएको थियो ।

उपचारको प्रोटोकल जस्ता विषयलाई बुझ्नेसम्म प्रयास नगरी लापरबाही गरेको भनेर गरिएको तोडफोडले काम गर्न असहज अवस्था उत्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ ।

उनले घटनाको छानबिन गर्न सरकारका निकायलाई अनुरोध गरिएको जानकारी दिएका छन् । तर मृतकका आफन्तले चिकित्सकको लापरबाहीले नै कुँवरको मृत्यु भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ