१८, असोज, चितवन । दशैमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ ।
चितवन कालिका नगरपालिका वडा नं ८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अष्टमीको दिन साँझ करिबसाढे ७ बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएको थियो । तत्काल क्षेत्रीलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।
क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline