मकवानपुरमा एकाबिहानै बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

मकवानपुरमा एकाबिहानै बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

  • सोमवार, अशोज १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मकवानपुर, १७ असोज । मकवानपुरको हेटौंडा–१५, चुरियामाई मन्दिर नजिक रात्रि बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडक खण्डमा भएको यात्रुबाहक बस दुर्घटनामा ६ जना गम्भीर र ३० जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको रात्रि बस अनियन्त्रित भई सोमबार बिहान करिब १ बजे नालीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ की अन्दाजी ५१ वर्षीया कल्पना राजवंशी रहेका प्रवक्ता कार्कीले जानकारी दिए ।

घाइते भएका ३६ जनामध्ये ३० जना सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको र थप उपचारका लागि २ जनालाई काठमाडौं, ३ जनालाई भरतपुर रिफर गरिएको र १ जनाको हेटौंडामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ