मनास्लुमा फेरि गयो हिमपहिरो, एक बेपत्ता

मनास्लुमा फेरि गयो हिमपहिरो, एक बेपत्ता

  • आइतवार, अशोज १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

गोरखा, १६ असोज । मनास्लु हिामलको पहिलो र दोस्रो आधार शिविर बीचमा आज पहिरो खसेको छ ।
दिउँसो करिब साढे ३ बजेतिर खसेको हिमपहिरोमा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार
हिमपहिरोमा परि सेभेनसमिट ट्रेक्स कम्पनीका एक शेर्पा बेपक्ता भएको खनालले बताए । उनको पहिचान खुल्न सकेको छैन ।

बेपत्ताको खोजीका लागि दिउँसोदेखि नै सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको एसपी खनालले जानकारी दिए । आइतबार दिउँसो एभरेष्ट एयरको हेलिकप्टरबाट केहीबेर बेपत्ताको खोजीको प्रयास भएको र पछि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिएको छ ।

गत सोमबार बिहान गएको हिमपहिरोम पुरिएर हाई अल्टिच्युड गाइड अनुप राईको मृत्यु भएको थियो । पहिरोबाट १० जनाको उद्धार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ