चीनद्धारा सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपहार

चीनद्धारा सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपहार

  • आइतवार, अशोज १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

गोरखा, १६ असोज । चीन सरकारले नेपालका सीमानामा पर्ने १४ जिल्लाका १४ गाउँपालिकालाई एक्साभेटर उपहार दिएको छ। तिब्बत स्थित महावाणिज्यदूतको कार्यालयले सीमानामा रहेका पालिकालाई एक्साभेटर हस्तान्तरण गरेको हो।

पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले चीन सरकारले एक्साभेटर उपलब्ध गराएको गोरखाका चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए। चीन सरकारले गत असार महिनामा रसुवागढी नाकामा एक कार्यक्रम गरी १४ गाउँपालिकाहरुलाई एक्साभेटर हस्तान्तरण गरेको थियो।

अरु पालिकाहरुले असारमै एक्साभेटर लगिसके पनि चुमनुब्री गाउँपालिकाले भने भन्सार छुटको प्रकिया पुर्याउन नसक्दा ढिला भएको थियो। प्रकिया पूरा गरी तीनदिन अघि मात्र एक्साभेटर लिएर आएको श्रेष्ठले बताए। सो एक्साभेटर तिहारपछि मात्र गाउँपालिका लैजाने र सडकलायतका संरचना निर्माणमा प्रयोग गर्ने श्रेष्ठले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ