इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध

इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध

  • शनिबार, अशोज १५, २०७९
  • रबिन्द्र यादव

  • 1.8K
    SHARES

नवलपरासी पश्चिम, १५ असोज ।  जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पुर्ण हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।
यही कार्तिक ५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन हातहतियार खरखजाना ऐन २०१९ को ८ बमोजिम इजाजतपत्र प्राप्त सम्पुर्ण व्यक्तिहरुमा अनुरोध गरिएको हो ।
सथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक हप्तापछि संबंधित प्रहरी कार्यालयमा सम्पर्क गरि आ-आफ्नो हातहतियार बुझिलिन समेत सुचनमा उल्लेख गरिएको छ ।
इजाजतपत्र प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ