गुडिरहेको बसमा आगलागी, यात्रुले भागेर ज्यान जोगाए 

गुडिरहेको बसमा आगलागी, यात्रुले भागेर ज्यान जोगाए 

  • शनिबार, अशोज १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

खोटाङ, १५ असोज । काठ्माडौंबाट यात्रु बोकेर खोटाङ जाँदै गरेको बसमा आगलागी भएको छ ।

काठ्माडौंबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बसमा एक्कासी आगलागी सुरु भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् ।

दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । गुड्दागुड्दै बसमा आगो बल्न सुरु भएपछि यात्रुको भागाभाग भएको थियो । दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको भन्दै घटनास्थलमा यात्रुको रुवाबासी छ । घट्नास्थलमा प्रहरीचौकी च्यास्मीटारका प्रहरीको टोली पुगेको छ ।

                 खोटाङको बाहुनीडाँडास्थित राँगाकाटेमा जलेको बस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ