क्रिकेटर सन्दीप लामिछाने २० असोजमा नेपाल आइपुग्ने, लेख्छन्- ठूलो आशा र शक्तिसहित कानुनी लडाई लड्न आदैछु

क्रिकेटर सन्दीप लामिछाने २० असोजमा नेपाल आइपुग्ने, लेख्छन्- ठूलो आशा र शक्तिसहित कानुनी लडाई लड्न आदैछु

  • शनिबार, अशोज १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

काठमाडौं, १५ असोज । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ  । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

उनले आफूलाई लागेको झुटा आरोपसँग कानुनी प्रक्रियाबाट अगाडि बढ्न नेपाल फर्किएर आत्मसमर्पण गर्न लागेको बताएका छन्। उनले भने, ‘ठूलो आशा र शक्तिसहित मलाई लागेका झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न अक्टोबर ६  नेपाल आउँदै छु ।’

उनले आफू निर्दोष भएकोले कानुनले निस्पक्ष न्याय दिने कुरामा विश्वास भएको बताएका छन्।

लामिछानेउपर प्रहरी वृत्त गौशालामा जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको थियो। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा  लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ