मनसुन ढिला बाहिरिने: दसैँमा वर्षाको सम्भावना, हेर्नुहोस् दसैँका लागि जारी गरिएको विशेष मनसुनी बुलेटिन

मनसुन ढिला बाहिरिने: दसैँमा वर्षाको सम्भावना, हेर्नुहोस् दसैँका लागि जारी गरिएको विशेष मनसुनी बुलेटिन

  • शनिबार, अशोज १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, १५ असोज । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन/चार दिन वर्षाको सम्भावना रहेको बताउनुभयो ।

कति दिन वर्षा

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१ गतेसम्म नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले दसैँको नवमी, विजया दशमी र एकादशीमा मनसुनी वर्षा हुनेछ ।

उक्त समय देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरु प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसारणमा र सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

दसैँको मौसम

मौसम बुलेटिन अनुसार नवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विजया दशमीको दिन गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् हुमागाईंले बताउँदै दसैं हिलाम्मे हुन सक्ने बताए ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज २० गते बिहीबार एकादशीका दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहको जनाएको छ ।

विभागले यी दिनहरुमा देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको छ । यस्तै, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगयतका क्षेत्रहरु प्रभावित हुन सक्ने भएकाले आवश्यकता सतर्कता अपनाउनका लागि विभागले अनुरोध गरेको छ ।

यो वर्ष नेपालमा मनसुनको उच्च रुपमा सक्रिय हुने समयमा नै कम वर्षा भएको थियो । जुनदेखि सेप्टेम्बरमा नेपालमा मनसुन हुने गरेपनि जुलाई र अगस्ट धेरै पानी पर्ने महिनामा पर्छन् । जुलाईमा औसत ४८३ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेपछि यस वर्ष ३२५ दशमलव ८ मिलिमिटर मात्रै मापन गरिएको थियो ।

अगस्टमा पनि औसतमभन्दा आधार वर्षा भएको थियो । अगस्टमा औसत ४४० दशमलव ३ मिलिमिटर औसत वर्षा हुनुपर्ने भएपति त्यो नभएको विभागले जनाएको छ । मनसुनको उच्च समयमा पर्याप्त मात्रामा पानी नपर्दा गर्मी ह्वात्तै बढेको थियो भने केही स्थानमा वर्षा नहुँदा खडेरी परेको जस्तो देखिएको थियो ।

यो वर्ष औसतभन्दा धेरै नै वर्षा हुने अपेक्षा गरिएपनि मनसुनी ट्रफमध्ये भारतमै धेरै समय भएकाले नेपालतिर राम्रोसँग पानी नपरेको मौसमविद्हरुले बताएका छन् ।

आजको मौसम

आज देशभर सामान्यतया बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिनुभयो । आज काठमाडौँको न्यूनतम १९ र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ ।—

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ