स्की पर्वतारोही हिलारीको शव काठमाडौं ल्याइयो

स्की पर्वतारोही हिलारीको शव काठमाडौं ल्याइयो

  • बुधबार, अशोज १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

आश्विन १२, काठमाडौँ । स्की पर्वतारोही हिलारी नेल्सनको शव काठमाडौं ल्याईएको छ । मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी नेल्सनको शव मनास्लु हिमालको शिखर नजिकै फेला परेको थियो ।
केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

मनास्लु हिमालको शिखर नजिकै भेटिएको नेल्सनको शव सामागाउँ ल्याएर प्रारम्भिक काम सकी केहिब‍ेरअघि काठमाडौं पठाएका एसपी खनालले जानकारी दिए ।

सोमबार स्की गर्ने क्रममा ४९ वर्षीय नेल्सन मनास्लु हिमालको शिखरबाट चिप्लिएर करिब ५० मिटर तल खसेकी थिइन् । हिउँले ढाकेको अवस्थामा नेल्सनको शव भेटिएको प्रहरीले जनाएको छ । आरोहणका लागि पुगेका गाइडहरूले शवको उद्धार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ