बिरगंज ९ असोज । आइतबार सांझ पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एमाले र जसपा बिच झडप भएको छ ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवका भाई बलवन्त यादव र अमिताभबचनले सखुवा प्रसौनी गाउँपालिका भित्रै वडा नं. ५ बलुवा निवासी बुलेट गिरीलाई कुटपिट गरेपछि भएको झडपमा आधा दर्जन घाईते भएका छ्न् ।
गिरिले गाउँपालिकाकी उपाध्यक्षको कार्यक्षमा बसेर छलफल गरिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष जसवन्त यादव र उनको भाई बलवन्त यादवले कोठा बाहिर बोलाई आफुलाई कुटपिट गरेको गाउँलेलाई फोन गरेर रुदै वताएपछि गाउँबाट पालिका पुगेका बलुवाबासी र अध्यक्ष यादव समर्थक बिच झडप भएको थियो ।
गाउँपालिकामा भएको झडप प्रहरी पुगेपछि सुल्झिए पनि गाउँपालिका अध्यक्ष यादवले आफ्नो समर्थक सहित बलुवा गाउँ भएर घर फर्कने क्रममा त्यहाँ पुनः झडप भएको थियो । झडपको क्रममा अध्यक्ष यादव सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटना स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र हाल सखुवा प्रसौनीको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले वताए ।
केही दिन पहिला मात्र गिरी समुदायका राजु गिरी भनिनेले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए । सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले गाउँपालिका पुगेका बुलटलाई कुटपिट गर्नुको साथै मोबाइल समेत खोसिलिएको वताएका थिए ।
त्यसपछि कुटपिटको बिषयलाई लिएर नै गाउँपालिकामा बबाल भएको स्थानियहरुले वताएका छन् ।