प्रसौनी गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास, गाडीमा आगजनी

प्रसौनी गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास, गाडीमा आगजनी

  • आइतवार, अशोज ९, २०७९
  • दिपक चौरसिया

  • 6.3K
    SHARES

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो ।

१०- १२ जनाको संख्यामा रहेका एक समूहले अध्यक्ष यादवमाथि आक्रमणको प्रयास गरेको हो । सो क्रममा सँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।


आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । साथै ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको पनि जनाईएको छ ।

कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ