म्यादी प्रहरीमा माग भन्दा दोब्बर बढी आवेदन

म्यादी प्रहरीमा माग भन्दा दोब्बर बढी आवेदन

  • शुक्रबार, अशोज ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असोज ७ काठमाण्डौँ । आगामी मंसीर ४ मा हुने आम निर्वाचनको सुरक्षाका लागि माग गरिएको म्यादी प्रहरीका लागि दोब्बर भन्दा बढीको आवेदन परेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षार्थ एक लाख १५ हजार म्यादी प्रहरीको माग भएकामा दुई लाख ३२ हजार ८८ को आवेदन परेको छ ।

तथ्यांक अनुसार आवेदन दिनेमा सबैभन्दा धेरै मधेस प्रदेशका छन् । देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन खुला गरिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले म्यादी प्रहरीमा भर्ती हुन मागको दोब्बर आवेदन परेको बताए ।

आवेदनलाई पूर्वसुरक्षाकर्मी, पूर्वम्यादी र नयाँ गरी तीन तहमा विभाजन गरिनेछ । छनोटका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय प्रमखुको संयोजकत्वमा समिति बन्नेछ । समितिमा सम्बन्धित जिल्लाका प्रहरी प्रमुख, जिल्लास्थित सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सदस्य रहनेछन् । उनीहरूले नै म्यादी प्रहरीको छनोट गर्नेछन् । पूर्वसुरक्षाकर्मी र पूर्वम्यादीलाई प्राथमिकतामा पर्नेछन् ।

प्रहरीका अनुसार ०७४ को निर्वाचन र ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीको हकमा अन्तर्वार्ताकै आधारमा छनोट गरिनेछ । तालिमको प्रक्रिया पनि केही लचिलो हुन सक्नेछन् ।

हालसम्म निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९, नेपाली सेनाबाट ७४ हजार, सशस्त्र प्रहरीबाट ३५ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट १५ सय सुरक्षाकर्मी खटाउने सरकारको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ