गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जना पक्राउ

गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जना पक्राउ

  • शुक्रबार, अशोज ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

इलाम, ७ असोज । दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरी इलामको चुलाचुली गाउँपालिकाको बेल्डाँगीका गुरुङको हत्यामा संलग्न रहेको आरोपमा उनीरुलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । अपराधिक पृष्टभूमिका गुरुङलले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरु मिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनीहरुले आफूहरु हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाभन्दा ३ दिन अगाडि मृतक एल।बि।भन्ने लालबहादुर गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा घटनास्थलमा रगत जस्तो रातो पदार्थ लागेका ढुङगाहरु फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि झ्याम्ले भन्ने नरेश कुमार याखाले घरबाट लगेको दापसहितको खुकुरी आफ्नै घर पछाडीको खेतमा फालेको र पछि त्यही फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घट्‍नास्थल नजिकै मृतकले चलाउने गरेको १९ प ३७२५ नम्बरको मोटरसाइकल दुबै टायर काटिएर लडाएर फालेको अवस्था फेला परेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी