काठमाण्डौँमा अज्ञात समुहले गोली हानी सर्लाहीका लाल मोहम्मदको हत्या

काठमाण्डौँमा अज्ञात समुहले गोली हानी सर्लाहीका लाल मोहम्मदको हत्या

  • सोमवार, अशोज ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 38.2K
    SHARES

काठमाडौं, ३ असोज । काठमाडौंस्थित गोठाटारमा अज्ञात समुहले आज सोमबार साँझ गोली हानी सर्लाहीका लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको हत्या गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा  सोमबार साँझ गोली लागेर घाइते भएका हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारको क्रममा मृत्यु भएको हो । उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका थिए । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

रातो टिर्सट र जिन्स लगाएको र  पल्सर मोटरसाईकल चढेर आएका दुई व्यक्तिले उनीमाथि गोली हानेका थिए ।  उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ । मोहम्मद १० वर्ष जेल परेर ५ वर्षअघि रिहा भएको पनि प्रहरीले जनाएको छ ।

केही स्थानीयहरूले उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो । अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

गाडीबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । प्रत्यक्षदर्शीले बताएअनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लाग्यो ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । गोली हान्ने समूह मोटसाइकल चढेर भाग्यो ।

मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना गएको प्रत्यक्षदर्शी बताउँछन् ।

घटनास्थलबाट पेस्तोल बरामद भएको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । हत्याराको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी