टुकुचा खोला उत्खनन् गर्न ठूला ठूला संरचना भत्काउदै अघि बढेका बालेनलाई अदालतको धक्का, संरचना नभत्काउन अन्तरीम आदेश

टुकुचा खोला उत्खनन् गर्न ठूला ठूला संरचना भत्काउदै अघि बढेका बालेनलाई अदालतको धक्का, संरचना नभत्काउन अन्तरीम आदेश

  • आइतवार, अशोज २, २०७९
  • मिर्मिरे अनलाइन

  • 26.1K
    SHARES

असोज २ काठमाण्डौँ । जयनेपाल हलदेखि फेला परेको पुरानो टुकुचा खोलमाथि बनेका संरचना भत्काएर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयासमा लागेको काठमाण्डौँ महानगरपालिकालाई तत्काल खोलामाथि बनेको संरचना नभत्काउन अन्तरीम आदेश दिएको छ ।

उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन अन्तरिम आदेश गरेको हो ।

सोही निवेदनमा आइतबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।

यो आदेशले सँयौ घरहरुका संरचना भत्काएर पनि टुकुचालाई प्राकृतिक संरचनामा ल्याउने मेयर वालेन्द्र शाहको प्रयासलाई धक्का पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ