लालझाडीमा दोदा नदिको ताण्डव: सिङ्गै झोलुङ्गेपुल बगायो, सयौँ घर डुवानमा, स्थानीयको विचल्ली

लालझाडीमा दोदा नदिको ताण्डव: सिङ्गै झोलुङ्गेपुल बगायो, सयौँ घर डुवानमा, स्थानीयको विचल्ली

  • शनिबार, अशोज १, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

कञ्चनपुर, १ असोज ।
कञ्चनपुरमा बिहीबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुर दक्षिणी क्षेत्रमा रहेको दोदा नदीले वितण्डा मच्चाएको छ । जिल्लाको उत्तर, पुर्वी भेग चुरे भएर बग्ने दोदा नदीले चुरेदेखि दक्षिण क्षेत्रमा भएको नेपाली भूभागसम्म वितण्डा मच्चाएको हो ।
कृष्णपुर नगरपालिका २ वाणीदेखि दक्षिण लालझाडी हुँदै पुर्नवास नगरपालिका ५सिमरी सीमा बस्तीका गाँउसम्मका बस्ती डुवानमा परेका छन ।
दोदामा आएको बाढीले चुरेदेखि दक्षिणी क्षेत्रमा रहेका झण्डै दर्जनौँ नेपाली बस्ती डुवानमा परेका छन ।
शुक्लाफाँटा नगरपालिका १२ र लालझाडी गाँउपालिका ४ जाँई जोड्ने तिलकी नदीमा निर्माण भएको झोलुङ्गे पुल समेत भत्काईदिएको छ ।
स्थानीय पदम रानाले चार बर्ष अघि मात्रै निर्माण भएको झोलुङ्गेपुल बगाएर लगेको बताए । पुल भत्किएपछि स्थानीयको आउजाउ समेत ठप्प भएको छ । नदीको सतह अत्यधिक बृद्धि भएपछि पुल समेत बगाएर लगेको उनले बताए ।

चुरे नजिक बस्ती कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रमा बनहरा नदीबाट परिचित दोदा नदीले दर्जनौ घर डुवानमा परेका छन । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले बनहरा नदीको सातह गयतरातीदेखि एक्कासी बढेसंगै बंक, खल्ला,वाणी क्षेत्रका दर्जनौँ घर डुवानमा परेको बताए । अध्यक्ष साउदका अनुसार स्थानीय जनप्रतिनिधी सहित उद्दार कार्यमा खटिएका छन । लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले सिङ्गै दोदा नदी गाँउ पसेर ५ सय घर डुवानमा परेको बताए । ‘अप्रत्यासित रुपमा नदीको सतह बढ्यो, ‘अध्यक्ष रानाले भने, ‘गाँउपालिका कार्यालय सहित दर्जनौँ बस्ती डुवानमा परेका छन ।’ डुवानमा परेका घर, अन्य भौतिक सरचनामा क्षति पुगेको छ ।
अति प्रभावित परिवारको विद्यालय क्षेत्रमा उद्दार गरिएको बताए । बर्षातले नेपाल विद्युत प्राधिकरणका विद्युतमा समेत क्षति पुगेको छ ।

विद्युतका तारमा रुख खस्दा बेलौरी, बेलडाँडी क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
‘अहिले नदीले सिङ्गै गाँउपालिका डुवानमा पारेको छ, ‘अध्यक्ष रानाले भने, ‘विस्तारै कटानी गर्छ, खेतीयोग्य भूमि समेत बगाउँछ ।’ वाढीपीडितको उद्दारमा सशस्त्र प्रहरी र प्रहरी खटिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले वाढीले डुवान भएको तर, मानविय ठुलै भौतिक एव कुनैपनि नागरिकको निजी सम्पत्तीमा क्षति नपुगेको बताए । दोदा नदी नियन्त्रण र तटबन्ध निर्माण नहुँदा बर्षनी लालझाडीका स्थानीय विपद्को सामाना गर्नुपर्ने बाध्याता रहेको छ रानाले बताए । उत्त क्षेत्रमा वाढीको ताण्डपले पीडितको विचल्ली भएको छ । लालझाडिका ५ वडाहरु पुर्णरुपमा डुवानमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी