अछाम बाढीपहिरो अपडेट: ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम बाढीपहिरो अपडेट: ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

  • शनिबार, अशोज १, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

अछाम, १ असोज । अछाममा शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।

कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार जना र ढकारी गाउँपालिकाका एक गरी १७ जना पुगेका छन् ।

बाढी पहिरोमा परी अझै ६ जना बेपत्ता रहेको उनको भनाइ छ । बाढी पहिरोमा घाईते भएका ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पाठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । बाढी तथा पहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ