असोज १ काठमाण्डौँ । अछामको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको अविरल बर्षाका कारण आएको पहिरोमा घर पुरिएर ७ जनाको मृत्यु भएको हो।
कमलबजार नगरपालिकाका( ६ मा ४ जना, तुर्माखाँद गाउँपालिकामा( ५ मा २ जना र ढकारी गाउँपालिकामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
लगातार पानी परिरहेकाले विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बिजुली बत्ती र सञ्चार विच्छेद भएको र उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline