भदौ ३० काठमाण्डौँ । हालै नेपाल भ्रमण गरी फर्किएका भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाललले तत्कालै अग्नीथपमा गोर्खा भर्तीको निर्णय नगरे नेपाली लाई गोर्खा भर्ती गर्ने प्रकृया रोक्ने चेतावनी दिएका छन् ।
उनले एक सार्वजनिक कार्यक्रममा अग्नीपथ योजना अन्तर्गत नेपाली युवालाई पनि चार वर्षको लागि अस्थायी सैनिक कै रुपमा भर्ती गर्ने त्यो बाहेक अरु कुनै विकल्प नरहेको बताए ।
नेपालले ढिलो निर्णय गरे यो प्रकृया नै रोक्ने सेनाप्रमुखको चेतावनीले भर्नाको पर्खाईमा बसेका युवाहरु प्रभावित मात्र हुने छैन , दुई देशबीचको सम्बन्धमै असर पुग्न सक्ने देखिएको छ ।
बेलायत, भारत र नेपालबीचको त्रिपक्षीय सन्धि अनुसार नेपाली युवा गोर्खा सैनिकका रुपमा भारतीय सेनामा काम गर्दै आएका थिए ।
तर पछिल्लो समय मोदी सरकारले अग्नीपथ योजना अन्तर्गत हरेक सेना चार वर्षका लागि भर्ती हुने र त्यसपछि विना पेन्सन र अन्य सेवा सुविधा फिर्ता हुनु पर्ने भएपछि यो योजनाको भारतमे पनि विरोध भएको थियो ।
नेपालले पनि यो योजना अन्तर्गत भर्ना नगर्ने भन्दै भर्ना छनौट प्रकृया नै रोकको थियो ।
अग्निपथ योजनाअनुसार अस्थायी सैनिक भर्ना योजनाको विषयमा नेपालले अहिलेसम्म कुनै पनि निर्णय गरिसेको छैन। भारतले केवल चार वर्षको लागि विना कुनै पेन्सन र अवकाशपछिको सेवासुविधा विना नै घर फर्काउने गरी अग्निपथको योजना अघि सारेको हो।
सेनाले दुई ब्याचमा गरेर समग्रमा ४० हजार अग्निवीर सैनिक भर्ना गर्ने योजना ल्याएको छ। जसको लागि गत डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजारको तालिम सुरु भएको थियो।
अग्निपथभन्दा पहिला पनि नेपालीलाई भारतीय सेनामा दिइँदै आएको कोटा पनि चार हजारबाट १५ सयमा झारिएको थियो। अग्निपथमा नेपालीको कोटा अझै घटाइएको छ।
पाण्डेले आगामी निर्वाचनअघि नेपाललले यस विषयमा कुनै निर्णय लिने सम्भावना कम रहेको र उक्त समयसम्म निर्णय नगरे नेपालीले योजनामा भाग लिन नपाउने स्पष्ट गरेका छन् ।