मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपालीलाई रुस लगि अलपत्र पारे, दूतावास भन्छ– बुझेर मात्र आउनुहोला

मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपालीलाई रुस लगि अलपत्र पारे, दूतावास भन्छ– बुझेर मात्र आउनुहोला

  • बुधबार, भदौ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, २९ भदौ । मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपाली नागरिकलाई रुस लगि अलपत्र पार्नेक्रम बढेपछि त्यहाँस्थित नेपाली दूतावासले ‘बुझेर मात्र’ रुस आउन अनुरोध गरेको छ ।

‘भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ,’ मस्कोस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गरी भनेको छ, ‘अतः विद्यार्थी भीसामा रूस आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौँ ।’

रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केहि महिना देखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको दूतावासले जनाएको छ ।

नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत विद्यार्थी भीसामा रुस आउने नेपालीहरूको सख्ंया बढेको दूतावासले बताएको छ ।

उनीहरुलाई ‘रुसमा आकर्षक रोजगारीको अवसर रहेको’, ‘रुसबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायतका विभिन्न प्रलोभनमा पारेर तस्करहरुले मोटो रकम असुल्ने गरेको समेत दूतावासले जनाएको छ ।

‘तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्ने गरेका छन्,’ मस्कोस्थित नेपाली दूतावासले भनेको छ ।

तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्क बिहिन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारले समेत अनुरोध गरेको दूतावासले बताएको छ ।

रुसमा आएका नेपालीलाई कुनै समस्या परे दूतावासका द्वितीय सचिव सुशील घिमिरेलाई मोबाइल नम्बर ७९६८०७०२८१५ मा र सहचारी राज कुमार बस्नेतको मोबाइल नम्बर ७९६८४६०२२२५ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी