जुम्लामा बालविवाह भयावह

जुम्लामा बालविवाह भयावह

  • सोमवार, भदौ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

दिलमाया शाही
जुम्ला, २७ भदौ । स्वाथ्यचौकीमा गर्भ जाँच गराउन आउने गर्भवतिहरूको रिर्पोटअनुसार जुम्लामा बालविवाहको अवस्था भयावह रहेको देखिएको छ । यहाँका स्वास्थ्य संस्थाहरूले संकलन गरेको तथ्यांकअनुसार १० वर्षभन्दा पनि कम उमेरका बालबालिकाको विवाह हुने गरेको छ । 

राष्ट्रिय जनगणना ०६८ ले पनि कर्णाली प्रदेशका १० जिल्लामा १० वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । ती जिल्लामा २० वर्ष उमेर नपुग्दै विवाह भएका बालिका तथा किशोरीको संख्या दुई लाख ५९ हजार पाँच सय ८३ थियो ।

यसमध्ये १० वर्षभन्दा कम उमेरमा विवाह भएका बालिका दुई हजार दुई सय ४८ थियो । बालविवाहकै कारण परिपक्व नहुँदै गर्भाधारण, शिशुको जन्म, शिक्षाले निरन्तरता नपाउने, छोराको आशामा छोटो अवधिमै धेरै सन्तान जन्माउने, घरपरिवारको चौतर्फी बोझ थाम्नु पर्ने, आधारभूत स्वास्थ्य सुविधाको पहुँच नहुने, रोजगारीका अवसरबाट वञ्चित हुने जस्ता बाध्यता यहाँका महिलाले ब्यहोरिरहेका छन् ।

राष्ट्रिय जनगणना ०६८ अनुसार कर्णालीमा ५२ प्रतिशतको विवाह बालविवाह थियो । ग्रामीण भेगमा अहिले पनि बालविवाह व्याप्त छ । जसका कारण उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन् स्वास्थ्यमा असर देखिनेलगायत समस्या यहाँका महिलनाले भोगिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । 

उनका अनुसार, बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले बर्सेनि करोडौँ खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन । सरोकारवालाको समग्र बुझाइअनुसार जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय नबनेका, चेतनामूलक कार्यक्रम पनि औपचारिकतामा मात्र सीमित भएकाले ग्रामीण क्षेत्रमा प्रभाव पार्न नसकेको हो । प्रहरीमा बालविवाह गरेको भन्दै उजुरी नै पर्दैन । गाउँमा बालविवाह हुने गरे पनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जुम्लाका डिएसपी नरेन्द्र चन्द बताउँछन् । चन्द भन्छन्, ‘०७५ सालमा एउटा उजुरी परेको थियो । हामीले मुद्दा चलाएका थियौँ । त्यसयता कुनै उजुरी आएको छैन ।’

कर्णालीमा बालविवाहको अध्यावधिक तथ्याङ्क भने छैन । सामाजिक विकास मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख अनिता ज्ञवालीका अनुसार, जनगणना ०६८ कै तथ्यांमा आधारित भएर बालविवाहको प्रतिशत निकालिएको हो । सो अनुसार कर्णालीका ५२ प्रतिशतको बालविवाह भएको देखिन्छ ।

जनस्वास्थ्य सेवा कार्यालय, जुम्लामा आउने बिभिन्न स्वास्थ्य चौकीको रिपोर्टबाट उपलब्ध गराएको तथ्याङ्कअनुसार, २० वर्षमुनिका चार सय ५६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कार्यालय प्रमुख सापकोटा भन्छन्, ‘औषधि सेवनमार्फत र औजारको प्रयोग गरेर गर्भपतन गराउने चार सय ५६ रहेको छ ।’

उमेर नपुग्दै गर्भधारण गर्नुपर्ने अवस्थाका पछाडि बालविवाह नै मुख्य कारण रहेको स्थानीय जानकारहरू बताउँछन् । जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको तथ्याङ्कअनुसार आव २०७८÷७९ को पहिलो तीन महिनामा ६ सय ५३ जना २० वर्षमुनिका बालिका गर्भवती भएका छन् । यसअघि २०७७÷७८ मा जुम्लाका आठै तहका पालिकामा २० वर्षमुनिका बालिका आठ सय ६० जना गर्भवती भएका थिए ।

बालविवाह प्रजनन् स्वाथ्य समस्याको विष
क्याड नेपाल जुम्लाका कार्यक्रम संयोजक गिरीराज अधिकारीले बालविवाह प्रजनन स्वाथ्य समस्याको मुख्य विष बनिरहेको बताएका छन् । उनले बालविवाहकै कारण धेरै बच्चा जन्माउँने, असुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्य समस्या बढीरहेको बताए छ । क्याडले केही वर्षदेखि बालविवाह नियन्त्रण, छुई प्रथा न्युनिकरण, बाल संरक्षण, किशोरी किशोरीको नेतृत्व विकास लगायतको क्षेत्रमा काम गरिरहेको छ । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ