‘ऋतुहरूमा’ गायक तथा मोडल शाहिलराज पाण्डे र स्मारिकाको रोमान्स

‘ऋतुहरूमा’ गायक तथा मोडल शाहिलराज पाण्डे र स्मारिकाको रोमान्स

  • आइतवार, भदौ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं, २६ भदौ । गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरूमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडलसमेत रहेका गायक शाहिलकै शब्द सृजनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ ।

पेसाले मेकानिकल इञ्जिनियरसमेत रहेका गायक तथा मोडल शाहिललाई ऋतुहरूमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्वय शाहिल र स्मारिकाको अभिनय देख्न सकिन्छ ।

गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडियो गायक शाहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक शाहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी