पर्सा २२ भाद्र । बिरगंज को छपकैयामा बच्चा चोर्न आएको आशंकामा तीन जना भारतीय महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा राखेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा एक बालकलाई चोर्ने प्रयास गर्न खोजेको आंशकामा ती महिलाहरुलाई स्थानियले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोली बोलााई जिम्मा लगाएको स्थानियले जनाएका छन ।
भारतको विभिन्न ठाउँहरुमा अहिले बच्चा चोरहरु बिगबिगी भैरहेको घटना अब नेपाल पनि देखिन थालेको छ । उनीहरु जडिबुटी, पतंजली तथा आयुर्वेदीक औषधी तथा केहि पत्थर लगायतको समान बेच्न नेपाल आएको प्रारम्भीक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले बताए ।
बच्चा नै चोर्न आएको भन्ने कुनै यथेष्ट प्रमाण भेटिएको छैनन्, आशंकामा स्थानियले नियन्त्रणमा लिएपछि हामीले अनुसन्धानको लागि विर्ताका ल्याएका हौ, थप अनुसन्धान गर्ने काम भईरहेको प्रहरी निरिक्षक मल्लले बताए ।