भदौ २१ काठमाण्डौँ । अभिनेता पल शाहले बलात्कार मुद्धामा सफाई पाएका छन् । उनलाई नाबालिग बलात्कार गरेको अभियोगमा थुनामा राखिएको छ । उनलाई बलात्कार मुद्धामा सफाई दिईए पनि बाल यौन दुरुपयोग मुद्धामा साढे २ वर्ष जेल सजाय तोकिएको छ । जसका कारण उनी तत्काल रिहा भने नहुने भएका छन् । यो फैसला नवलपुर जिल्ला अदालतले गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार सुनुवाइपछि २५ हजार रुपैयाँ जरिवानाको फैसला पनि गरेको छ। यस्तै, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ।
यस्तै, अभिभावक र मिडियालाई समेत यो मुद्दामा सचेत गराउने फैसला भएको छ।
शाह ७ महिनादेखि कारागार कार्यालय तनहुँमा पुर्पक्षका लागि थुनामा छन् ।
तनहुँ अदालतको फैसला पछि मात्रै उनी कति थुनामा बस्नुपर्छ भन्ने टुंगो लाग्ने छ। तनहुँ अदालतबाट यो भन्दा बढी कैद सजाय भएमा सोही अनुसार उनी फैसला बस्नुपर्छ। तर तनहुँले यो भन्दा कम अथवा कैद सजाय नगर्ने फैसला गरे पनि नवलपुर अदालतले तोकेजति कैद भुक्तान गरेर मात्रै उनी छुट्ने छन्।