जसले मन्त्रीलाई नियम सिकाउन खोजे, उसैलाई हालियो हिरासतमा !

जसले मन्त्रीलाई नियम सिकाउन खोजे, उसैलाई हालियो हिरासतमा !

  • आइतवार, भदौ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भदौ १९ काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

क्यानडा जानका लागी पत्नीको बायोमेट्रिक गराउन ठमेलस्थित छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यसपछि मन्त्रीका पिएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ ।
मन्त्रीलाई नियम सिकाएर लाईनमा जानुस् भनेकै आधारमा सुरक्षागार्डलाई उल्टै जेल हालिएकामा आलोचना बढेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ