लक्की साँगीतिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै 

लक्की साँगीतिक साँझमा गायक कार्की र वन्दनालाई सम्मान गरिँदै 

  • आइतवार, भदौ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चितवन, १९ भदौ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले १५ असोजमा भरतपुरमा साँगीतिक साँझ आयोजना गर्ने भएको छ । साँगीतिक साँझमा  वरिष्ठ गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए । 

नेपाली साँगीतिक क्षेत्रमा योगदान दिए बापत उनीहरूलाई सम्मान गर्न लागेको महाप्रबन्धक कार्कीले बताए । कार्कीका अनुसार साँगीतिक सांँझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।

गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी ६ हजारभन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । यस्तै, गायिका देविका वन्दनाले नेपाली गीतसँगै नेवारी, हिन्दी, मराठी लगायत भाषाका हजारभन्दा बढी गीतमा सुमधुर स्वर दिएकी छिन् । 
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी