जुम्ली जनताकाे  प्रश्न- उपचार नै नगर्ने डाक्टरलाई प्रतिष्ठानले किन जोगायो ? 

जुम्ली जनताकाे  प्रश्न- उपचार नै नगर्ने डाक्टरलाई प्रतिष्ठानले किन जोगायो ? 

  • शनिबार, भदौ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

दिलमाया शाही
जुम्ला, १८ भदौ । अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण शाहलाई उपचार गर्न नमानेको भन्दै कुटपिट गर्ने एक कर्मचारी निलम्बनमा परेका छन् । प्रतिष्ठानको ४ भदौमा बसेको कार्यकारी परिषदकाे बैठकले कर्मचारी धनबहादुर शाहीलाई निलम्बन गरेको हो । उनी ४५ दिनका लागि निलम्बित भएका छन् । तर, ६ वर्षको बालकलाई उपचार नगरी बस्ने डाक्टर करण शाहलाई भने प्रतिष्ठानका उन्मुकत्ति दिएकाे जुम्ली जनताकाे आराेप छ ।

आफ्नो छोरालाई शाहीले २ भदौमा अस्पतालकाे आकस्मिक विभाग उपचारका लागि लगेका थिए । पेट, टाउको दुखेको, ज्वरो आएको भन्दै उनले बालककाे उपचार गरिदिन डाक्टर साहसँग आग्रह गरेका थिए । उक्त विषयमा चिकित्सक साहसँग विवाद भएपछि उनले आक्रमण गरेका थिए । तर, शाहीलाई नि निलम्बित गर्ने प्रतिष्ठानले उपचार नै नगर्ने डाक्टर जोगाएको आराेप छ । प्रतिष्ठानलाई जुम्ली जनताले प्रश्न गरेका छन्- डाक्टरले जे गर्दा पनि हुन्छ ?  कि प्रतिष्ठानका पदाधिकारी नजिक भएकाले जे गर्न पनि छुट छ ?  डाक्टर शाहलाई पनि प्रतिष्ठान कारवाही गर्नु पर्ने उनीहरूकाे माग छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण शाहले चन्दननाथ नगरपालिका-२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरी बाल अधिकार उल्लघंन गरेको निजी विद्यालयको छाता संगठन प्याप्सनले आराेप लगाएकाे छ । 

चिकित्सकविरुद्ध प्रहरीमा उजुरी
डा. शाहले उपचार गर्न आएको बालकलाई उपचार नगरेको आरोेपमा बालकका आमा आसा हमालले जिल्ला प्रहरी कार्यालय जुम्लामा १३ भदौँमा उजुरी दिएकी छिन् ।बालकका बुबा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा लिएर गराएका थिए । ‘छोराको उपचारका लागि डा शाहसँग बारम्बार अनुरोध गर्दा पनि उनले मानेनन्’, आमा आशाले भनिन् । बच्चाको उपचार नगर्दा डा. शाह र धनबहादुरबीच झगडा भएपछि ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर प्रालि जुम्लामा उपचार गरिएको उनले बताए ।

६ भदौमा शाहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यही अनुसार १० भदौमा  सिफारिस प्राप्त भएको बालकका बाबु धनबहादुरले बताए ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ