नेपालको एकमात्र कल्की नारायण मन्दिरको जगतगुरु कल्की भगवानद्धारा प्राण प्रतिष्ठ सम्पन्न

नेपालको एकमात्र कल्की नारायण मन्दिरको जगतगुरु कल्की भगवानद्धारा प्राण प्रतिष्ठ सम्पन्न

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं । काठमाडौंको टोखामा रहेको कल्की नारायणको मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । टोखा नगरपालिका वडा न ५ बशुन्धारामा अबस्थित उक्त मन्दिरको भारतबाट आउनुभएका जगतगुरु कल्की भगवानले मन्दिरको प्राण प्रतिष्ठा गर्नुभएको हो ।

यो मन्दिर नेपालकै पहिलो कल्कि नारायण भगवानको मन्दिर हो । मन्दिर निर्माण समितिमा अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा रहेको ९ सदस्यीय कल्कि आव्हान समाज निर्माण गरि बि.स. २०५० साल माघ २५ गतेबाट मन्दिर निर्माण सुरु गरिएको वर्तमान अध्यक्ष अरुण कुमार केसिले बताउनु भयो ।

कल्किनारायण बिष्णु भगवानको दशौ अबतार हो । २०६४ सालमा यो मन्दिरको बिधिवत प्राण प्रतष्ठा सहित स्थापना गरिएको थियो । तर मन्दीर भित्र रहेको प्रतिमा नै चोरी भएपछि ४ वर्ष सम्म प्रतिमा बिहिन अवस्थामा मन्दिर रहेको थियो ।

बि.स.२०७४ सालमा मन्दिर भित्र रहेको भगवान कल्कि नारायणको प्रतिमा चोरि भएको र करिब ४ बर्ष अदालत परिसरमानै रहेको थियो । २०७९ साल श्रावण षष्ठि अर्थात नाग पंचमिको भोलि पल्ट कल्कि जयन्तिका दिन उक्त प्रतिमा पुनस्थापना गरिएको हो ।
हाल बशुन्धारा विकाश तथा सुधार समाजले उक्त मन्दिर र परिसरको संरक्षण गर्दै आएको छ । मन्दिरका मुख्य पूजारी मार्फत मन्दिरमा नियमित पूजापाठ समेत हुनेगरेको छ ।

गोमा माता जसले आफू ध्यानमा छदा उक्त मन्दिर बनाए देशमा सहजता भन्ने वाणी स्वरुप दशौ अवतार कल्कि भगवानको मन्दिर निर्माण कार्य भएको अध्यक्ष केसी बताउछन् । नेपालमा एक मात्र कल्की मन्दिर रहेकोले यसलाई धार्मीक पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष आफुहरुको रहेको अध्यक्ष केसीको भनाई छ ।
यस मन्दिरको अब आउने कल्कि जयन्तीको अवसरमा जगतगुरु कल्की भगवानकै उपस्थितीमा शोभा यात्रा निकाल्ने समेत जनाईएको छ । मन्दिरको प्राण प्रतिष्ठा पश्चात जगतगुरु कल्की भगवानले आँफु स्वयम कल्की जयन्तीको दिन नेपाल आएर उक्त मन्दिरमा पूजा पाठ गर्नुका साथै हजारौको संख्यामा भक्तजनासहित शोभा यात्रा निकाल्ने बताउनु भएको हो । सो अवसरमा नेकपा एमालेका उपाध्यक्ष इश्वर पोख्रेल, टोखा नगरपालीकाका प्रमुख प्रकाश अधिकारी, राष्ट्रिय संस्कार धाम नेपालका अध्यक्ष रामहरि अधिकारी, टाेखा नगरपालिका वडा नं ५ का वडाध्यक्ष मदन गुरूङ लगायतको उपस्थिती थियो ।

उहाँले सोहि दिन संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवराम श्रेष्ठसँग भेटवार्ता गर्दै मन्दिर संरक्षणका लागी सरकारसँग पहल गर्न पनि आग्रह गर्नुभयो । सो क्रममा मन्त्री श्रेष्ठले जगतगुरुलाई नेपालमा थुप्रै धार्मिकस्थलहरु भएकोले धार्मिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलिदिन पनि आग्रह गर्नुभएको थियो । जवाफमा उहाँले आफुले भक्तहरुलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुका साथै आफै पनि नेपाल आएर कल्कि मन्दिर सहित बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने बताउनु भयो । सो क्रममा नृपाल भारत मामिलाका जानकार मङ्गेश भागवत, राष्ट्रिय संस्कार धामका सचिव विजय कुमार पन्त लगायतको पनि उपस्थिती थियो ।

जगतगुरुले नेपालमा हुँदा लोकतान्तिक समाजवादी पार्टीका नेता राजेन्द्र महत्तो, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महत, एमाले उपाध्यक्ष पोख्रेल , एमालको परराष्ट्र प्रमुख डा. राजन भट्टराइर्, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायत बिभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटगर्नुभएको थियो ।

जगतगुरुको नेपाल भ्रमणको संयोजन अन्तराष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष प्रदिप खनालले गर्नुभएको थियो ।
स्वदेश फर्कनुअघि उहाँले प्रशिद्ध धार्मिक स्थल पशुपति नाथ, गुह्येश्वरी, हनुमानढोकाको कुमारी मन्दिर, बुढानिलकण्ठ लगायतका मन्दिर पुगेर दर्शन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ