नरैनापुरको सुख्खा ग्रस्त क्षेत्रमा पुगेर मन्त्री अथकले भने तत्काल राहतको व्यवस्था गराउँछु

नरैनापुरको सुख्खा ग्रस्त क्षेत्रमा पुगेर मन्त्री अथकले भने तत्काल राहतको व्यवस्था गराउँछु

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बाँके १३ भाद्र । यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको सोमबार अनुगमन गर्दै मन्त्री अथकले तत्काल राहतको व्यवस्था गराउने बताउनु भयो ।
सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई गत साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरका जनतालाई राहत प्याकेज दिन माग गरे पनि प्रदेश र संघीय सरकार मौन भएर बसेका बेला मन्त्री अथक सोमबार नरैनापुर पुगेर सुख्खा ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले कृषकहरुलाई उचित राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुनुका साथै ९० प्रतिशत रोपाई हुन नसके पछि त्यो क्षेत्रमा ठूलो मानवीय विपद तथा खाद्य संकट आउने विषयलाई ध्यानमा राखी संघीय सरकारबाट तत्काल राहतको प्याकेज उपलब्ध गराउने मन्त्री अथकले जिकिर गर्नु भयो ।

नरैनपुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्र का कृषकहरुलाई राहत दिन माग गरे । घरमा भएको अन्न रोपिसकेको तर खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके तर पानी नपरेर रोपेको खेत पनि खडेरी भए पछि अलपत्रमा परेका छन् ।’
अनुगमन गर्न नरैनापुर पुगेका मन्त्री अथकलाई गाँउपालिका अध्यक्ष शाहले नरैनापुरका नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नु पर्ने माग गर्नु भयो । मन्त्री अथकले नरैनापुरमा तत्काल डिप बोरिङको व्यवस्था गर्ने बताउनु भयो । मन्त्री अथक संगै गाँउपालिका अध्यक्ष शाह, उपाध्यक्ष जयनती देबी श्रीवस्ताव, वडा अध्यक्षहरु मसुद शाह, मनोज शर्मा लगायतको टोलीले अनुगमन गरेको थियो । मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट निर्वाचित संघीय संसद हुन । सुख्खा ग्रस्त क्षेत्र घोषणा भएको नरैनापुर गाँउपालिका क्षेत्र नं. १ अन्तरगत पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ