ब्लास्ट रोग बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

ब्लास्ट रोग बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दिलमाया शाही 
जुम्ला, १३ भदौ । नेपालकाे सर्वाधिक अग्लाे स्थानमा उत्पादन हुने जुम्लाकाे मार्सी धानबालि ब्लास्ट राेगले बर्बाद बन्ने अवस्थामा पुगेकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका-४ काे गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएकाे छ । राेग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जाेगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान राेपिएकाे हाे ।

धानमा  ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खाेज्दै पुगेकाे स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन, 'पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।'  

तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन । उनले भनिन्, 'हाम्रो  पहिचान बनेकाे मुख्य धानबाली नै हो  । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ ।'  

यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेकाे र किसानलाई परामर्श दिएकाे बताए । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी