सिन्धुपालचोकको ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ बाटो ( फोटो फिचर )

सिन्धुपालचोकको ल्हाक्याप भीरमा ‘फलामे गोरेटो’ बाटो ( फोटो फिचर )

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

माथि टोपी खस्ने अक्करे भीर । तल सलल… बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरको बाटो हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ । सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन ।

 

त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटो कसैका लागि रमाईलो छ भने कसैको बाध्यता हो। थोरै होस गुमाए सिँधै ब्रम्हायणी नदिमा। यो हो जुगल गाउँपालिका ३ मा रहेको ल्हाक्याप भीर । तस्बिर : सम्झना कार्की

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी