अध्यागमनद्धारा ६ भुटानीलाई विमानस्थलबाटै थिम्पु फिर्ता: भुटानले जारी गर्‍यो ट्राभल एडभाइजरी, सबै दूतावास र नियोगमा पत्राचार

अध्यागमनद्धारा ६ भुटानीलाई विमानस्थलबाटै थिम्पु फिर्ता: भुटानले जारी गर्‍यो ट्राभल एडभाइजरी, सबै दूतावास र नियोगमा पत्राचार

  • शुक्रबार, भदौ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं । नेपालको अध्यागमनले ट्राभल डकुमेन्ट (टीडी)मा नेपाल प्रवेश गर्न खोज्ने ६ जना भुटानी नागरिकलाई प्रवेश नदिएपछि भुटानको विदेश मन्त्रालयले एडभाइजरी जारी गरेको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले बिहीबार उनीहरुलाई भुटान नै फिर्ता पठाएको हो। लगत्तै त्यहाँको पराष्ट्र मन्त्रालयले ट्राभल डकुमेन्टमा नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

ट्राभल डकुमेन्टमा नेपालको अध्यागमनले भिसा जारी गर्दैन। त्रिअवी अध्यागमनले ट्राभल डकुमेन्टमा नेपाल प्रवेश गर्न आएका भुटानी नागरिकहरु साङ्गे वाङ्मो, ठाकुर कुमारी क्षेत्री, तेन्जिन छोइङ ल्हामो, साङ्गा दोर्जी, किङ्गा छोदेन र कुसाङ् क्षेत्रीलाई आगमन अनुमति नदिई फिर्ता पठाईदियो ।
नेपालले ट्राभल डकुमेन्टमा भिसा जारी गर्दैन। त्यसैले उनीहरुलाई फर्काइदिएका हौं अध्यागमन स्रोतले बताएके छ ।

त्रिअवी अध्यागमन कार्यालयले भुटानी नागरिकलाई इन्ट्री रिफ्युज्ड गरेसँगै त्यहाँको विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ट्राभल डकुमेन्टमा नेपाल भ्रमण नगर्न आग्रह गरेको छ। भुटानको विदेश मन्त्रालयले बिहीबार नै ट्राभल एडभाइजरी जारी गरेको थियो।

भुटानको परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकले नेपाल भ्रमण गर्नुपरेमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल भ्रमण गर्न आग्रह गरेको छ। नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई भिसा प्राप्तीका लागि दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गर्ने भुटानको पराष्ट्र मन्त्रालयले जनाएको छ।

थिम्पुस्थित परराष्ट्र मन्त्रालयले आफ्ना सबै दूतावास र नियोगहरुमा समेत ट्राभल डकुमेन्टमा नेपाल भ्रमण नगर्न भन्दै पत्राचार गरेको छ। ट्राभल डकुमेन्टमा अस्ट्रेलिया, जापान र थाइल्याण्ड जाने भुटानी नागरिकहरुलाई हालसम्म कुनै समस्या नपरेको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विना अवरोध जुनसुकै मुलुक भ्रमण गर्न सक्ने भुटानी नागरिकको अधिकार भएको भन्दै त्यहाँको परराष्ट्र मन्त्रालयले आफ्ना ६ जना नागरिकले नेपाल जाने क्रममा व्यहोरेको असुविधाप्रति क्षमा मागेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ