समाजवादी सुदूरपश्चिमका नेता तामाङ्गले रेनु दाहालको खुलेरै प्रंससा गरे

समाजवादी सुदूरपश्चिमका नेता तामाङ्गले रेनु दाहालको खुलेरै प्रंससा गरे

  • बिहिबार, भदौ ९, २०७९
  • -डम्मर दत्त भट्ट

  • 5.5K
    SHARES

कञ्चनपुुर, ९ भदौँ । नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमका नेता तारालामा तामाङ्गले भरतपुर महानगरकी प्रमुख रेनु दाहालको खुलेरै प्रसंसा गरेका छन । समाजवादी सुदूरपश्चिम प्र्रदेश कमिटि उपसचिव समेत रहेका प्रदेश सभा सदस्य तामाङ्गले भरतपुर महानगरकी मेयर दाहालको विकास मोडेलको विषयमा खुलेरै प्रसंसा गरको हुन । बुधबार पुनर्वास नगरपालिका ४ कोटिहोम स्थित ‘घगाँउदेखि नगरपालिका जोड्ने’ सडकको शिलान्यास कार्यक्रममा तामाङ्गले माओवादी नेतृ समेत रहेकी भरतपुर महानगरकी मेयर दाहालको खुलेरै प्रंससा गरेका छन ।
समान्यतया नेपालको राजनीतिक संस्कारमा फरक पार्टीका जनप्रतिनिधीले जति लोकप्रिय काम गरेपनि आलोचना, बिरोध तथा भत्र्सना गर्नें संस्कार बसेपनि तामाङ्गले सो बिरोध चिर्दै दालालको विकास मोडेल बारे आफ्नो निर्वाचन क्षेत्रमा समेत चर्चा गरे ।

‘फरक पार्टी भएपनि भरतपुर महानगरकी मेयर रेनु दाहालले देशैभरीकै सबै पालिका प्रमुख भन्दा अब्बल पृथक काम गरेकी छिन, ‘तामाङ्गले भने, ‘काम गर्ने विकास गर्ने जो सुकै पार्टीका जनप्रतिनधिी किन नहोस,रु भएगरेको कामको प्रंससा गर्नुपर्छ ।’ दाहालले सडक पैदल, साईकल, यात्रु संगै चिटिक्क राती समेत उज्याँलो पार्ने गरी सडकको दिर्घकालिन विकासको मोडल ल्याएको बारे चर्चा गरे । देशभरीका पालिकाले रेनु दाहालको विकास मोडेल अध्ययन गरेर आफ्नो गाँउ, नगर महानगरको दिगो विकासका योजना ल्याउनुपर्नेमा सुझाव दिए ।

काम गर्ने जनप्रतिनिधीको तारिफ गर्न कन्ज्युस्याई गर्न नहुने तामाङ्गको भनाई छ । तामाङ्गले आफु प्रदेशको आर्थिक मामिलामन्त्री हुँदा पुप्रै योजना ल्याएको समेत बताउँदै विकासका काममा अनावश्यक राजनीति गर्न नहुने भन्दै विकासका काममा नागरिक स्तरबाट समेत सहयोगको अपेक्षा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ