नेपाली तथा भारतीय नेता, तथा संचारकर्मीहरु र दुवै देशका अधिकांस जनताहरु खुला सिमाना, मिल्दोजुल्दो परिवेश र संस्कृतिका कारणहरु देखाएर नोपल र भारत समान सभ्यता र आस्था भएका देशहरु हुन भन्ने प्रचार गरि रहेछन । तर वास्तविकता अर्कैछ । भारतले समानताको दुहाई दिएर नेपाल भन्ने भारतकै अर्को भाग हो, स्वतन्त्र र सार्वभौम सम्पन्न देश होईन भन्ने भारतको अनर्गल प्रलापले विश्व जनमानसमा र नेपाली जनताहरुको मन मस्तिस्क भर्न भरमग्दुर प्रयाश गरिरहेका छन । यस संन्दर्भमा उनिहरुले केही सफलता समेत हात लगाएको दावा गरिरहेको ठानेका होलान । तर यो उनिहरुको दिवा स्वप्न मात्र हो ।
आफ्नै देशको एक भाग त हो नी नेपाल भन्ने भारतीय साशकीय मानसिकताले नेपालको राजनीतिक तहमा मात्रै होइन कर्मचारी तन्त्रमा समेत माईक्रो म्यानेजमेण्ट गर्ने दुस्साहस गरिरहेको छ । यसरी यो भारतीय डर र हौवा नेपाली राजनीतिमा मात्र होईन कर्मचारी तन्त्रमा समेत नराम्रोसग गाँजिएर रहेको अवस्थामा छ । यसको कारण राजनीतिक दलहरुका अधिकांश नेताहरु आफ्नो देश र पार्टीको व्यवस्थापन गर्न सम्म पनि दिल्ली दौडाहामा अहोरात्र लागि आफ्नै देशको सार्वभौमिकता माथि प्रहार गरिरहेका देखिनु पनि स्वाभिमानी जनतामा नराम्रोसंग ठेस लाग्ने विषय हो ।
यस्तो खालको राष्ट्रघाती ‘कु’ प्रबृतिले गर्दा देश सधै अस्थिर र अविकसित बनिरहेको छ । दिनहु जसोको भारतीय प्रभाव र चलखेलले गर्दा नेपालमा पूर्णकालसम्म कुनै पनि सरकार टिकेको छैन भन्ने कुरा पनि छर्लंग नै छ । जति आन्दोलन भएपनि सबै आन्दोलनहरु दिल्लीमा टुंगीएका छन । नेपालको संविधान २०७२ घोषणा भएपछि मधेसवादी दलहरुलाई उक्साई आन्दोलन गराएको र विनाकारण आर्थिक नाकावन्दी लगाएको कारण भारतीयहरुको कायरतापूर्ण व्यवहारको पीडा नेपाली जनताले भोगेकै हो । तर यसबाट नेपाली जनता कतिपनि विचलित भएनन । स्पष्ट कुरा के छ भने सरकार परिवर्तनको खेलमा त भारत आफ्नो अनुकुल प्रयाश गरि रहन्छ । जुन कुरा भर्खरै केही दिन अगाडी भएको सरकार परिवर्तन पनि यसैको परिणाम हो भन्ने सबै क्षेत्रको आसंकामा छ ।
यी सबै भारतद्वारा सिर्जित समस्याहरको समाधान गर्नको लागि दुई देश विच मूलभूत भिन्नता बुझ्न सक्नु पर्छ । वास्तवमा नेपाली जनता, नेपाली राजनैतिक दलहरुका नेताहरुको साथै बुद्धिजीवि समेत नेपाल भारत विच समानता छैन भन्ने कुरा बुझ्नु भन्दा उनिहरुको नजिक कसरी हुने भन्ने सोचका कारण दुई देश विचको अन्योल यथावत रहन पुगेको हो । यसर्थ दुई देशको सामाजिक संरचना र संस्कार एवं राजनीतिक व्यवहार समेतको बारेमा राम्रोसंग विश्लेषण गरि हामी दुई देशको विचका असमानताहरुको उजागर गर्न बौद्धिक क्षेमताको प्रयोग हुनु आवश्यक छ । अनिमात्र यस्ता भिन्नता र उत्पन्न परिणामको बारेमा जान्न र त्यस्ता समस्यको समाधान खोज्न सकिन्छ ।
नेपाल प्रागऐतिहासिक काल देखि आजसम्म स्वतन्त्र र सार्वभौम रह्यो । तर भारत १२ सय बर्षसम्म मुसलमान र अंग्रेज साम्राज्यको गुलाम थियो । जस्को कारण भारतीय मानसिकता गुलामी रहेको छ । नेपालीमा भने स्वतन्त्रताको गौरवशाली उच्चता रहेको छ । वास्तवमा यिनै भिन्नताले स्पष्ट रुपमा नेपाल भारतको विचमा असमानता देखा परिरहेको पाईन्छ ।
भनिन्छ भारतमा र नेपालमा समान संस्कृति छ । तर वास्तविकता यो होईन । विवाहकै कुरा गर्ने हो भने नेपालमा दुई परिवारको मेल मिलापको रुपमा विवाहको व्यवहारिकताले कायम भएको सम्मानित सम्वन्ध भएको पाईन्छ भने भारतमा दाईजो प्रथाको व्यापकताले गर्दा विवाह एउटा शुद्ध व्यापारिक खेलको रुपमा लिने गरिएको पाईन्छ । जस्ले गर्दा भारतीय पुरुषहरु मानव नभई क्रय विक्रयको वस्तुमा परिणत भएका पाइन्छन । यो पनि नेपाल भारत विचको असमानता हो ।
भारतको तुलनामा नेपालमा नारीहरु संम्मानित र पूजित छन । यहाँ कुनै पनि मन्दिरहरुमा नारीको प्रवेश बर्जित गरिएको छैन भने भारतका अधिकांश हिन्दू मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको छ । के यसलाई सामाजिक समानता भन्न सकिएला र ?
भारतमा अमानवीय र पासविक बनेर कन्या भ्रुण हत्या गर्ने भारतीय जीवन पद्धती नै बनेको छ । तर नेपालमा भने त्यसो गरिदैन र गर्नेलाई अपराधीको रुपमा हेरिने मात्र नभएर त्यस्तो कर्म गर्नेहरु सामाजिक रुपमा दण्डित भएको पाइन्छ । वास्तवमा यसप्रकारको श्रेष्ठतम व्यवहारिकताले भारतलाई नेपालले जितेकै छ ।
नेपालमा बुर्का र घुम्टी नारी माथि थोपरिएको छैन भने भारतमा नारीहरुमा धेरै बन्देजहरु छन । यसैले नेपालका नारीहरु भारतको तुलनामा साँच्चै देवीको रुपमा संमानित छन । यहाँ जिउदो देविको रुपमा कुमारीको पूजा गरिन्छ । नेपालका राष्ट्र प्रमुखले समेत कुमारी र देवीहरुहो पूजा अर्चना र सम्मान गर्ने गर्र्दछन । भारतमा भने भारतीयहरु आफूलाई हिन्दू भन्दछन तर त्यहाँ हिन्दूत्वको सार माया, प्रेम, विश्व बन्धुत्व नारीको सम्मान केही पनि छैन । त्यहाँ त केवल हिन्दू तालिवानिजम् छ । नेपाल भारत विचको यो पनि ठूलो असमानता हो ।
भारतीय समाज तुलनात्मक रुपमा पर पीेडक छ । यो पर निन्दक पनि छ । वास्तवमा भारतीयहरु खास गरेर साशक वर्गहरु षढयन्त्रकारी नै छन । यता नेपाली समाजमा सबै परोपकारी, सुसस्कृ र वहादुर पनि छन । यो नेपाली सस्कार हो । उदाहरणको लागि भारतले आफ्नो स्वार्थ सिद्ध गर्न सधै जसो छिमेकी दक्षिण एशियायी मुलुकहरु नेपाल, बंगलादेश, श्री लंका, पाकिस्तान अफगानिस्तान र माल्दिप्सलाई बर्षौँ देखि सकेसम्म र हुनसम्मको दुःख दिईरहेको छ । यद्यपी आफूले गरेको विस्तारवादी नीति र कार्यक्रमको ढाकछोप गर्न राष्ट्रिय र अन्तरराष्ट्रिय जगतमा भने हामी व्यवहारिक छौँ भन्ने जस्ता झुठ र असभ्य प्रचार प्रसार भारतले गरि रहेको छ । तर नेपालले भने शालिन सुसंस्कृत रुपमा त्यस्तो भारतीय दुष्टता र कुप्रचारको विरोध गरिरहेको छ । यसरी प्रकट भएका राजनीतिक दुष्ट प्रवृतिले पनि भारत नेपाल भन्दा निच क्रुरताको कारण दुई देश विचमा असमानता रहन पुगेको हो ।
नेपालीहरु विश्वभर विश्वास पात्र भनेर चिनियका छन । यतिमात्र नभएर नेपालीले साहसी, इमान्दार र मेहनती भनेर विश्वमा संमान पनि पाएका छन । उता भारतीयलाई कायर, अविश्वासी, धोकेवाज भनि विश्वभर छिःछिः दुर दुर को भावनाले घृणा गरिन्छ । यतिसम्मकी भारतीयहरु नै भारतीयहरुलाई विश्वास गर्दैैनन । भारतमा त्यहाको सामाजिक भिन्न व्यवहारले भारतीयहरु विश्वासिला छैनन भन्ने कुरा स्पष्ट हुन पुग्छ । त्यस्तो व्यवहार ठूला कम्पनीहरुमा देखिन्छ । यस कुराको उदाहरणको रुपमा भारतीय ठूला व्यापारीहरु, सिनेमा कलाकारहरु, र अरु प्रबुद्ध वर्गले नेपालीहरुलाई नै आफ्नो सुरक्षाको जिम्मा दिएका छन । नेपालीहरुलाई सुरक्षामा राख्दा उनिहरु आफ्नो र सम्पत्तीको समेत रक्षा हुन्छ भन्ने कुरामा ढुक्क हुन पुगेका हुन्छन । भारतीय सरकारले मात्र नभएर जनताहरुले समेत गोर्खा रेजिमेण्टलाई आफ्नो देशको रक्षार्थ बहादुर, साहसी र इमान्दार सेनाको रुपमा सम्मान र विश्वास गर्दछन । यसको तुलनामा भारतीयहरु नै भारतीय जवानहरु रहेको सेनालाई विश्वास गर्न सक्दैनन । वास्तवमा यो नै नेपाल र भारतीय विचको अर्को असमानाता हो ।
भारतीयहरुको आफ्नो स्वार्थको लागि स्वाभिमान र अस्मिता समेत बन्धक राख्न समेत पछि नपर्ने राजनीतिक स्वाभाविकता हो । यसको उदाहरणको लागि भारतीय साशकहरुले अमेरिकी साशकहरुसंग हाल सालै गरेको रक्षा संम्झौतालाई लिन सकिन्छ । यो सन्धिले भारतीयहरुलाई पूर्ण रुपमा सार्वभौम हुन दिदैन । त्यस्तै भारतीय गुलाम मानसिकताको कारण केही शताब्दी अघि एउटा व्यापार गर्न आएको बेलायती कम्पनी, इष्ट इण्डीया कम्पनी भारतको मालिक बनि ४ सय बर्ष साशन गरेको पनि भारतीयहरुलाई संझना छ की ? यसरी आफैले अनेकौ धोखा र हण्डर खाएको कुरालाई समेत विर्सेर छिमेकीलाई सताउनुले यिनीहरुले नियत बस कुत्सित व्यवहार गरिरहेकोले पनि यिनीहरुलाई सधै शंका गर्ने ठाउँ प्रसस्त हुँदै गएको छ । त्यस्तै मुसलमान साशकहरुले भारतलाई कसरी आफ्नो कब्जामा लिई सम्म्राज्य चलाए भन्नेकुरा त जग जाहेरै छ । तर नेपाली आफ्नो स्वाभिमानको लागि प्राणसम्म पनि उत्सर्ग गर्न तयार हुन्छन भन्ने कुरा भारतीयले चेतावनी स्वरुप ग्रहण गर्नु पर्ने कुरा हो । त्यसको उदाहरणको लागि अमानवीय भारतीय नाकावन्दीको डटेर सामना गरेको कुराले नै नेपालीको दृढ अडान प्रकट गरिरहेको छ भन्ने कुरा भारतीयले बुझ्नु पर्छ ।
यस्तो जटिल अवस्थामा पनि नेपालीले देखाएको अदम्य साहस, स्वाभिमान, वहादुरी र राष्ट्र प्रेमले गर्दा भारतलाई झुकाएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भारत नांगिन पुगेको छ भन्ने कुरा भारतीयले बुझेका छैनन होला भन्ने लाग्दैन । यद्यपी भारतीयहरुले बुझ पचाएर नेपाललाई हेप्ने अनेकौ प्रपञ्च रचिरहेको कारणबाट समेत भारत भन्दा नेपाल श्रेष्टतम व्यवहारिकताले प्रतिष्ठित रहेको छ भन्न सकिन्छ ।
षढयन्त्र धोका र आडम्वरी प्रवृति र विश्वासघात भारतीयहरुको पहिचान नै वनिसकेको छ । उदाहरणको लागि भारतीय प्रधानमन्त्रि नरेन्द्रमोदीद्वारा हालसालै नेपाल र नेपाल प्रति गरिएको व्यवहारले नै यो कुरा स्पष्ट पारेको छ । उनि नेपाल आएर भारतीयको सद्भाव र सहयोगको ढोल पिट्दछन, तर फर्कने वित्तिकै नेपालको सार्वभौमिक अस्मिता माथि प्रश्न चिन्ह खडा भएको आन्दोलनको समर्थन गर्दछन । समर्थन मात्र होईन नेपाल विरोधी गतिविधिलाई उनले सधै उक्साई रहेको पाउँदा भारतीय साशकको नेपाल प्रतिको कुदृष्टि प्रस्ट भैरहेको पाईन्छ ।
फेरी उनै भारतीयहरु आफ्नो व्यवहारिक सभ्यता धेरै मानवीय छ भन्ने दावी गर्दछन तर महाभूकम्पले थिलो थिलो भएको नेपालका जनतालाई क्रुरता पूर्वक नाकाबन्दी गरेर अमानवीयताको पराकाष्टा देखाए । तर नेपालीले भने आफ्नो आर्थिक अवस्था गतिलो नभएको अवस्थामा समेत अफगानिस्थानमा मानवीय सहायता पठाई नेपालीहरुले आफ्नो अगाध मित्रभाव दर्शाएको कुरा उदहरण नै बनेको छ । यसर्थ मानवीय व्यवहारिकताको आधारमा हेर्दा भारत कति गिरेको र नेपाल कति श्रेष्ठतम स्थान लिन सफल छ भन्ने कुरा स्पष्ट हुन्छ । वास्तवमा यिनै भिन्न मानवीय व्यवहारका कारण पनि नेपाल भारत वीच असमानता रहेको कुरा स्पष्ट हुन्छ ।
भारतीय प्रधानमन्त्रि मोदी नेपाल आएर भगवान बुद्ध नेपालमै जन्मेका हुन भन्छन तर अन्तर्राष्ट्रिय मञ्चमा पुगेर भगवान बुद्ध भारतमै जन्मेका हुन भनि प्रचार गर्छन । हिन्दूत्व र धर्मको महानताबारे प्रवचन दिन्छन तर संविधानमा हिन्दू धर्म र संबैधानिक राजतन्त्रको बारेमा एक शब्द उच्चारण गर्न सक्दैनन । उनिहरु हिन्दू धर्मको बारेमा बोलिरहेका हुन्छन यसको कारण पनि उनिहरुको संगठन राष्ट्रिय स्वयंसेवक दल (च्क्क्) विशाल भारतको एकिकरणको लागि आफ्नो स्थापनाकाल देखिनै सकृय छ ।
नरेन्द्र मोदीको जनता पार्टी र भारतीय सरकार नेपाल अखण्ड सवल, सम्बृद्ध, र स्थिर भएको देख्न पनि सक्दैन । यतिमात्र कहाँ हो र यिनीहरु त नेपालको सम्बृद्धि र जनताको सुख सुविधाको कुरा सुन्न पनि सक्दैन । किनभने उनिहरुको लक्ष प्राप्तीमा नपोलको लोकपृयता, स्थिरता, र अखण्डताको प्रतिक नेपाली जनताको साहस र सौर्य विशिष्ठ भएकोले नै उनिहरुलाई अप्ठ्यारो छ भन्ने सोच उनिहरुको रहेको छ । यसर्थ यिनिहरु नेपालको संसारभर ख्याति प्राप्त विशिष्ठ पहिचानको सधै डाहा गरिरहेका हुन्छन ।
अखण्ड नेपालको स्वरुप कायम गर्नमा भारतीय सरकारले कुनै पनि सहयोग र सद्भाव राखेको पाईदैन । उल्टै भारतले त अमेरिका र अरु पश्चिमा राष्ट्रहरु साँठ गाँठ गरि नेपालको स्वाभिमान मास्ने र नेपाललाई विखण्डन गर्ने षढयन्त्रमा लागिपरेको पाईन्छ । नेपाललाई अस्थिर, अविकसित र आफ्नो उपनिवोश बनाउने कार्यमा भारतीय राजनीतिक दल कांग्रेस आई जवाहरलाल नेहरुको समय देखिनै दत्तचित्त भएर दिनरात अहिलेसम्म पनि लागिनै रहेको पाईन्छ । यस्तो व्यवहारले गर्दा भारतीय साशकहरुलाई षढयन्त्रकारी, धोकेवाज आडम्वरी र विश्वासघाती भनिएको हो । यो नै भारतीय र नेपालीहरु विचको अर्को असमानता हो ।
माथि उल्लेखित कारणले गर्दा नेपाल र भारत विच समानता छैन भनि मनन गरि सबै राजनीतिक दलहरु बुद्धिजीविहरु र नागरिक समाज एकै ठाँउमा उभिएर भारत सम्बन्धी विशेष नीति बनाउने आधाहरु तयार गरि त्यही अनुसारको व्यवहार भारतसंग गर्नु पर्दछ । हामी भारत र भारतीयहरु भन्दा सबै आयामहरुमा असमान छौँ र विशिष्ठ पनि छौँ । उनिहरु भन्दा फरक छौँ भन्ने भावनाले हाम्रा देशका नेताहरुले भारतीय नेताहरुसंग वार्ता र भारतसंगका असमान सन्धिहरु सच्याउने र विगतमा भएका असमान राष्ट्रघाती १९५० को जस्तो (कोसी, गण्डकी, महाकाली) सन्धिहरु खारेज गरि पुर्नसन्धी गर्नुपर्छ । यसो भएमा मात्र भारतीय प्रभाव क्षेत्रबाट मुक्तभई नेपालले प्रगती, विकास र सम्बृद्धिको बाटोमा लम्कन सक्ने कुरामा कनै शंका छैन । सबैमा चेतना भया ।
लेखक अधिकारी राप्रपाका पूर्व केन्द्रीय सदस्य तथा स्थानीय विकास वित्त आयोगका पूर्व विज्ञ सदस्य पनि हुन् ।