एई ! चुप लाग् न चुप लाग् !

एई ! चुप लाग् न चुप लाग् !

  • मङ्लबार, भदौ ७, २०७९
  • इन्दिरा प्रसाई

  • 7.5K
    SHARES

सखारै जसो
महालेखाको प्रतिवेदन पढेँ अरबौँको बेरुजु रकम !
कता ? के ? कसरी ? किन ?
कङ्गाल हुँदै गएको देशका
धनी जनता !
अनि वर्षौँ वर्षदेखि
बेरुजु पचाउँदै आएको
बेहिसाब हिसाब
-भागवण्डा
-किनबेच
-दलाली
के छ हँ तालमेल ?
भूकम्प पर्खिरहेको धरतीमा
ठडिएका आलिशान महल
र व्यापारिक अपार्टमेन्ट
जामको व्यथाले थिल्थिलो भएका सडकहरूमा
चिल्ला र महङ्गा मोटरकार
जति खाँदा पनि नअघाउने भुँडेहरूका लागि
कक्टेल आयोजनाका भोजहरू
जति नै महङ्गिए पनि
सजिएका सुनका हारहरू
अझ नवधनाढ्यका गलामा
सजिएका झल्झलाउँदा
अमूल्य हीरा र जुहारतहरू !
मथिङ्गलमा भारी भएका
यावत प्रश्नै प्रश्नका थाक बोकेर
रन्थनिदै म
उसम्म पुगेँ
धित मरुञ्जेल
मन खन्याएँ
र उसैको मुख ताकी रहेँ ।
एई ! चुप लाग् न चुप लाग् !
थप एउटा गोली पढ्किन सक्छ
अर्को एउटा मोटर दुर्घटना
अथवा दासढुङ्गा दोहोरिएला !
चुप लाग् बाबै तँ चुप लाग् !
गन तन्त्र पो हो त
ज्यान जोगा न है !
त्यसपछि सबै मौन छन् !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी