७ भदौ, काभ्रे । नेपाल बन्दका क्रममा बन्द गराउँदै हिड्ने क्रममा नीजि सवारीमाथि ढुंगा हानेपछि बन्दकर्तालाई बनेपास्थित चार दोबाटो चोकमा सवारी चालकहरुले कुटपिट गरेका छन् । आज बिहान सवारी साधन चलाउन रोक लगाउँदै जम्मा भएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि एक बन्दकर्ताले केहि पर गएर नीजि सवारीमाथि ढुंगा प्रहार गरेका थिए । लगत्तै उनलाई स्थानीयसहित चालक सहचालकहरुले समातेर नांगेझार बनाउदै कुटपिट गरे ।
केहिक्षणमा प्रहरीले उनलाई नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमा रहेका ती बन्दकर्तामाथि समेत स्थानीयले कुटपिट रोकेनन् ।
सुरुमा बन्दकर्ताले सवारीसाधनमाथि तोडफोड गर्दै बसका सिसा फुटाए । त्यसै बीचमा पुलिस आएर हस्तक्षेप गर्न थाल्यो । काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरीलाई नांगेझार पार्दै स्थानीयले कुटे । प्रहरीले पनि तिनलाई चुट्यो ।
प्रहरीका अनुसार बन्द गराउदै हिडेका अन्य केहि बिद्यार्थीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । कुटाइ खानेमध्ये प्रमोद गिरी र पल राउत विप्लव समूहकै कार्यकर्ता हुन् । सडकमा देखिएका मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।
त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले उनीहरुबाट छुटाएर राउतलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
एसएसपी जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ । एसएसपी जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।