बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिडने र तोडफोड गर्ने पक्राउ

बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिडने र तोडफोड गर्ने पक्राउ

  • मङ्लबार, भदौ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, ७ भदौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।

उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।

बन्द कर्ताले कैलाली, काभ्रे लगायत विभिन्न ठाँउमा नक्कली बम राखेर बन्द प्रभावकारी बनाउन खोजेका छन् । तर डिस्पोजल टोलीले ती शंकास्पद वस्तुलाई निष्क्रिय पारी आवागमन सहज बनाएको छ ।

चितवनमा विभिन्न सवारीमा तोडफोड गरेका पाँच बन्दकर्तालाई प्रहरीले पकाउ गरेको छ ।

आज नेपाल बन्द भनिए पनि उद्योग धन्दा कलकारखाना, बजार पसल खुलेका छन् भने लामो तथा छोटो दुरीको धेरै जसो सवारी साधन नियमित रुपमा हिँडिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ