नेपालमा रोकिएका चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला

नेपालमा रोकिएका चीनमा अध्ययनरत विद्यार्थीलाई फर्कन अनुमति, भिसा आवेदन खुला

  • शनिबार, भदौ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, ४ भदौ । लामो समयदेखि नेपालमा रोकिएका विद्यार्थीहरु अब चीन फर्कन पाउँने भएका छन् । चीन सरकारले नेपालसहित दक्षिण एसियाली मुलुकका विद्यार्थीहरुलाई चीनमा अध्ययन गर्नको लागि फर्कन अनुमति दिएको हो ।

काठमाडौंस्थित चिनियां दूतावासले आफ्नो आधिकारीक विच्याटमा चीनमा व्यापारिक भिसा भएका र वैध अध्ययन आवास अनुमति भएका विदेशी विद्यार्थीहरुलाई चीन प्रवेश गर्न अनुमति दिएको जनाएको छ ।

दूतावासले जारी गरेको सूचनाअनुसार अबदेखि चीनमा शैक्षिक शिक्षा प्राप्त गर्ने दीर्घकालीन विदेशी विद्यार्थीहरुले विदेशी विद्यार्थीहरुको लागि (JW201 रJW202) भिसा आवेदन फारम र विद्यालय भर्ना सूचना वा फिर्ता प्रमाणपत्र प्रस्तुत गरेर अध्ययन भिसाको लागि  (X1) मा आवेदन दिन सक्छन् ।

वैध अध्ययन भिसा (X1) वा अध्ययन प्रकारको निवास अनुमति धारण गर्ने विदेशीहरुको परिवारका सदस्यहरु(पति,पत्नी,आमाबाबु, १८ वर्षभन्दा कमका बच्चा पति/पत्नीका आमाबुवा ) चीनमा बस्न चाहन्छन् भने नीजी मामिला (S1 या S2) भिसाका लागि आवेदन दिन सक्छन् । यो भिसामा १८० दिन वा त्यो भन्दा बढी बस्न पाईने दूतावासले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ