बालेन्द्रलाई हर्कको झटारो : फोहोर सोहर्न नसक्नेले के फुँई लाउनु ?

बालेन्द्रलाई हर्कको झटारो : फोहोर सोहर्न नसक्नेले के फुँई लाउनु ?

  • शुक्रबार, भदौ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

भदौ ३ काठमाण्डौँ । धरानका मेयर हर्क साम्पाङले काठमाण्डौँका मेयर बालेन्द्र शाहप्रति ब्यग्य जारी राखेका छन् ।
केही दिन काठमाडौं बसेर फर्किएका उनले फोहोर व्यवस्थापन गर्न आइ परेको जटिलताका कारण तनावमा रहेका मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै स्टाटस लेखेका थिए ।
त्यसबाट आक्रोशित बालेन्द्रले हर्ककै पोस्टमा जवाफ फर्काउँदै स्थानी निर्वाचनमा पनि आफू उनैले उपलब्ध गराएको लौरो चुनाव चिह्नबाट उठेको भन्दै कटाक्ष गरेका थिए । पछि बालेन्द्र्रले कमेन्ट हटाएका थिए ।

काठमाण्डौँ आएर प्रचण्डलाई समेत भेटेर फर्किएका हर्कले धरान पुगेर पनि काठमाण्डौँबारे टिप्पणी गर्न छाडेका छैनन् ।

फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमाु, उनले भनेका छन्, फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है, हावा गफ होइन, काम चाहिएको छ जनतालाई । विहिबार बेलुका उनले स्टाटस लेखेका छन् ।

काठमाण्डौँको फोहोर हेर्दा आफूलाई श्रमदान गर्न मन लागेको र काठमाण्डौ आफू पुगेपछि फोहोर उठ्न थालेको भनेपछि बालेन्द्र चिढिएका थिए ।

धरानमा चार ठाँउबाट खानेपानीको मुहान सुधार गरेको, ६ लाख बिरुवा रोपेको, बिजुली परिक्षण गरेको लगायतका विभिन्न सय दिने उपलव्धि पनि हर्कले यस अघि सार्वजनिक गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ