हनिट्रयापः पहिला प्रेम जाल, त्यसपछि पैसाको काल !

हनिट्रयापः पहिला प्रेम जाल, त्यसपछि पैसाको काल !

  • बिहिबार, भदौ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

भदौ २ दाङ । दाङमा हनिट्रयापमा पारेर रकम असुली गर्ने महिलाको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पहिले योजनाबद्ध रूपमा पुरुषलाई मायाजालमा पार्ने र पछि बलात्कारको आरोप लगाउदै रकम असुली गर्ने गरेको एक समुहलाई पक्रन प्रहरी सफल भएको छ ।

दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई योजनावद्ध ढंगले मायाप्रेमको नाटक गरी रकम असुली गर्ने एक पुरुष र चार जना महिलाको समूहलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

दिनेशलाई हनिट्रयापमा पार्ने घटनामा संलग्न रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरका ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँ बस्ने ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपालीलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ परेको उनीहरूले दिनेशसँग प्रेमको नाटक गरी बलत्कारको मुद्दा लगाउने धम्कि दिएर रकम असुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। पक्राउ परेकामध्ये सर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन्।

पछि बलत्कारको मुद्दा लगाइदिने भन्दै रकम असुली गरेको प्रहरीको भनाइ छ। त्यसपछि सोही समूहले भोलिपल्ट साउन २७ गते ती व्यापारीसँग १ लाख रूपैयाँ नगद र ११ लाख २० हजारको चेक लगेको थियो। उनीहरूलाई रकम र चेक दिएपछि दिनेशले प्रहरीलाई जाहेरी दिए पछि प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।
घटनामा संलग्न रहेका अन्य दुई जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी