रौतहटमा बस र अटो ठोकियो, तीन जनाको मृत्यु

रौतहटमा बस र अटो ठोकियो, तीन जनाको मृत्यु

  • बिहिबार, भदौ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

भदौ २ काठमाण्डौँ । रौतहटको चन्द्रपुरमा बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँदा अटोमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका–६ सोल्टी निवासी ढक बहादुर लुगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ